गृहपृष्ठ ∕ समाचार ∕ विश्वको सबैभन्दा खुशी देश फिनल्यान्ड, नेपाल कति नम्बरमा ? विश्वको सबैभन्दा खुशी देश फिनल्यान्ड, नेपाल कति नम्बरमा ? दीप संञ्चार चैत्र ५, २०७८ गते १०:२३ मा प्रकाशित काठमाडौँ -फिनल्यान्ड फेरि एक पटक विश्वकै सबैभन्दा खुशी देश साबित भएको छ । वल्र्ड ह्याप्पिनेस रिपोर्ट २०२२ ले फिनल्यान्डलाई विश्वकै सर्वाधिक खुशी देश घोषित भएको हो । वल्र्ड ह्याप्पिनेस रिपोर्टको सूचीमा फिनल्यान्ड लगातार पाँचौँ पटक संसारकै सबैभन्दा खुशी देश बन्न सफल भएको हो ।प्रतिव्यक्ति वास्तविक जीडीपी, सामाजिक समर्थन, स्वस्थ औषत आयु, जीवन छनौट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचारको धारणाहरु जस्ता विभिन्न तत्वहरुका आधारमा विश्व खुशी प्रतिवेदनले सामान्यतया १५० देशहरुलाई क्रमबद्ध गर्दछ ।सूचीमा डेनमार्क र आइसल्यान्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । त्यस्तै, स्वीट्जरल्यान्ड चौथो स्थानमा छ भने नेदरल्यान्ड्स र लक्जमवर्ग क्रमशः पाँचौ र छैटौँ स्थानमा छन् । स्वीडेन, नर्वे र इजरायल क्रमशः सातौँ, आठौँ र नवौँ स्थानमा छन् भने र न्युजिल्यान्ड दशौँ स्थानमा छ ।यस्तो छ नेपालको अवस्थानेपाल सूचीको ८५ औँ स्थानमा छ । नेपाल दक्षिण एसियामा नै पहिलो स्थानमा छ । भुटानलाई प्राविधिक कारण सूचीमा राखिएको छैन् । नेपालपछि बुलगेरिया र माल्दिम्भ छन् । सूचीमा बंगलादेश ९९ र पाकिस्तान १०३ औँ नम्बरमा छन् । श्रीलंका १२६औँ स्थानमा छ भने भारत १३६औँ स्थानमा छ ।सूचीअनुसार अफगानिस्तान विश्वकै सबैभन्दा दुःखी देश बनेको छ । अफगानिस्तानपछि सूचीमा लेबनान र जिम्बाबे छन् । सूचीमा नेपालभन्दा तीन स्थानमाथि अर्थात ८२ औँ नम्बरमा चीन छ भने युक्रेनमाथि हमला गरिरहेको रुस ७४ औँ स्थानमा छ । त्यस्तै, रुसी हमलामा परेको युक्रेन १०८ औ स्थानमा छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारस्वदेश फर्किए कतारका राजाभूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ:…वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायोतमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम… धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ८लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी ताजा अपडेट स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ: राष्ट्रपति पौडेल प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायो तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने