Techie IT
×
गृहपृष्ठसमाचारएनआरएनए महासचिव पदका प्रत्यासी विनय अधिकारी विनाशकारी भुकम्पदेखि कोभिड महामारीमा योगदान

एनआरएनए महासचिव पदका प्रत्यासी विनय अधिकारी विनाशकारी भुकम्पदेखि कोभिड महामारीमा योगदान


एनआरएनए महासचिव पदका प्रत्यासी विनय अधिकारी विनाशकारी भुकम्प देखि कोभिडको महामारीमा समेत शरीर कुनै प्रवाह नगरी खटेका अभियान्ता भएको खुल्यो तथ्य ।

लामो समयको बिबादका बाबजुद यहि मार्च २४ र २५ मा हुन लागी रहेको गैर आवासिय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषदको महाघिवेशनमा गोरखा जिल्ला फुजेल जन्मथलो भएर हाल बेलायतमा व्यवसाय गर्दै आऊनु भएका विनय अधिकारीले महासचिव पदमा ऊम्मेदवारी दर्ता गर्नु भएको छ।

प्रवासी गोरखालीहरुको साँझा संस्था ग्लोबल गोरखा समाजको अध्यक्ष समेत रहनु भएका अधिकारीको ऊम्मेदवारी लाई विश्वभर छरिएर रहेका गोरखालीहरुले समग्र गोरखालीहरुको प्रतिष्ठाको विषयको रुपमा समेत लिगेका छन्।

गैर आवासिय नेपाली संघका पुर्व अध्यक्ष भवन भट्ट(जापान), हालका अध्यक्ष कुमार पन्त(जर्मन) एनआरएनएका संरक्षक राम प्रताप थापा (जर्मन), एनआरएनएका विधान समिति सदस्यका रुपमा काम गरि सक्नु भएका पाका अभियान्ता हरिहर अर्याल (फ्रान्स) एनआरएनए अमेरिकाका अध्यक्षका प्रत्यासी रहनु भएका कृष्ण लामिछाने क्रमश प्रमुख संरक्षक र संरक्षकहरु रहनु भएको संस्था प्रवासी गोरखालीहरुको संस्था ग्लोबल गोरखा समाज हो। यति धेरै अग्रजहरुको साथ रहेकाले पनि महासचिव पदका लागी अधिकारी बलिया प्रतिस्पर्धीका रुपमा चर्चाको शिखरमा रहेको पाईन्छ।

ग्लोबल गोरखा समाजका सल्लाहकार परिषद सदस्यहरु देखि लिगेर पदाधिकारीहरु समेत एनआरएनए राष्ट्रिय परिषदहरुमा बलिया रहेका छन् जसमा एनआरएनए फ्रान्सका पुर्व अध्यक्ष निर्मल अर्याल, एनआरएनए हङकङका अध्यक्ष गोकर्ण प्रसाद ढकाल एनआरएनए कोरियाका निवर्तमान ऊपाध्यक्ष यदु लामिछाने, एनआरएनए बेलायतका ऊपाध्यक्ष शकुन्तला गुरुङ बेलायतका सचिव ज्ञानेन्द्र आले मगर देखि युवा अन्तराष्ट्रिय व्यवसायीहरुको संजाल फिने हङकङका अध्यक्ष आकाश बन्जारा लगाएत विभिन्न देशमा रहेका गोरखाली एनआरएनए अभियान्ता देखि गोरखा समाजहरुको समेत विनय अधिकारी लाई साथ रहेको पाईन्छ। हाल सम्म विश्वका २९ वटा देशमा गोरखा समाज रहेकोले समेत विश्वभर रहेका गोरखालीहरुले अधिकारीको पक्षमा साथ र सहयोग जुटाऊदै आएको पाईन्छ।

अधिकारी व्यवसाय, पत्रकारिता देखि लामो समय एनआरएनए अभियानमा आफुलाई संक्रिय बनाऊदै आऊनु भएको छ।९ औ महाधिवेशनमा सचिव पदमा एकल ऊम्मेद्वारी दिनु भएका अधिकारी झिनो मतले पछाडि पर्नु भएको थियो।अधिकारीले भुकम्पको समयमा देशका विभिन्न ठाँऊमा रहेका विपन्न परिवारहरु लाई राहत वितरण गर्नुका साथै चितवनको ईच्छाकामना गाँऊपालिकाको चेपाङग बस्तीका ६०० घरधुरि परिवारलाई समेत राहत वितरण गर्नु भएको पाईन्छ।

अधिकारीको नेतृत्वमा रहेको ग्लोबल गोरखा समाजले कोभिड-१९ को महामारीको समयमा गोरखा जिल्लाका ११ वटै स्थानिय तहमा तिन चरण गरी करिब १ करोड बराबरको स्वास्थ्य सामाग्री अधिकारी आफै फिल्डमा खटिएर वितरण गर्नु भएको थियो।

महामारीको समयमा प्रथम चरणमा गोरखाका ११ वटै स्थानिय तहमा १/१ लाख बराबरको माक्स,पिपिई,थर्मलगन र दोस्रो चरणमा गोरखा समाज जापान संगको सहकार्यमा अक्सिमिटर, माक्स,एन्टिजेनकिट र तेस्रो चरणमा ४० थान अक्सिजन कन्सलटेटर वितरण गरेको विषय हाम्रो सम्पर्कमा जिल्ला समन्वय समिति गोरखाका सभापती अशोक कुमार गुरुङले जानकारी गराऊनु भएको छ।

विभिन्न सामाजिक संघ संस्थाको नेतृत्व तहमा रहेर मातृभुमी लाई अफ्ठेरो परेको समयमा सेवा भाव देखाऊदै आऊनु भएका अधिकारीले आफु संघको महासचिव पदमा निर्वाचित भएर संघ मार्फत देश को विकाश र समृद्धीमा एऊटा ईट्टा थप्नुका साथै गैर आवासिय नेपालीहरुको हक र अधिकारका लागी आफु निरन्तर लाग्ने समेत प्रतिबद्धता व्यक्त गर्नु भएको छ। सादा जीवन ऊच्च विचारका अधिकारीले संघमा देखिएको लामो समयको राजनितिक खिचातादी देखि दुख व्यक्त गर्नुका साथै संघ गैर राजनितिक संस्था भएकोले आफु महासचिव पदमा निर्वाचित भएमा संघ भित्र देखिएका विकृती,विसंगतीलाई जरै देखि ऊखेलेर फाल्ने सम्मका प्रतिबद्धता व्यक्त गर्नु भएको छ। अधिकारीले संघकी ऊपाध्यक्ष रविना थापाको समुह मार्फत ऊमेद्ववारी दर्ता गर्नु भएको हो।

अधिकारीले नेतृत्व गर्दै आऊनु भएको ग्लोबल गोरखा समाजले यहि मार्च २९ गते तेस्रो बार्षिक साधारण सभा नेपाल सरकारका पुर्व प्रधानमन्त्री डा।बाबुराम भट्टराईको प्रमुख आतिथ्यतामा,जिल्ला बाट प्रतिनिधित्व गर्ने राजनितिक दलका केन्द्रिय नेतृत्व,जिल्ला नेतृत्व,जिल्ला समन्वय समिति र स्थानिय तहका प्रमुखहरुको विशेष आतिथ्यतामा सम्पन्न गरेको समाजको बार्षिक साधारण सभामा समेत अधिकारीको नेतृत्व प्रति पुर्व प्रधानमन्त्री देखि स्थानिय तहका प्रमुखहरुले खुलेर प्रशंसा गर्नुका साथै गोरखालीहरुको प्रतिनिधित्व गर्दै महासचिव पदमा ऊम्मेद्ववारी दिनु भएकोमा सहयोग र सफल गराऊनको लागी आफुहरुको तर्फबाट सम्पु्र्ण प्रयास रहने प्रतिबद्धता प्रमुख अतिथि देखि विशेष अतिथिहरु सम्मले गर्नु भएको जानकारी हुन आएको छ।

अधिकारीले आफ्नो ऊम्मेदवारी संस्थाको गरिमा जोगाऊनका लागी भएकोले आफु कुनै पनि राजनितिक भागबण्डामा नलाग्ने र विशुद्ध ढंगले आम गैर आवासिय मतदाताहरुको मत आफ्नो पक्षमा रहने विश्वास व्यक्त गर्नुका साथै आफु सधै ब्यालेटमा विश्वास गर्ने समेत धारणा व्यक्त गर्नु भएको छ। अधिकारीले सामाजिक संजाल मार्फत एनआरएनए अग्रज अभियान्ता देखि सम्पु्र्ण प्रतिनिधिहरु लाई आफुहरुले अगाडि सारेको पक्षले मात्र अहिले संघमा देखिएका व्यथितिहरुको अन्त्य गर्न सक्ने भएकोले कुनै पनि भ्रममा नपरी अध्यक्षका प्रत्यासी रविना थापाको टिमलाई मतदान गर्न अनुरोध गर्नु भएको छ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस