Techie IT
×
गृहपृष्ठसमाचारप्रकाश सपुतको गीतले जनयुद्धको विरोध गरेको छैन : बाबुराम भट्टराई

प्रकाश सपुतको गीतले जनयुद्धको विरोध गरेको छैन : बाबुराम भट्टराई


काठमाडौँ -प्रकाश सुपतको ‘पीर’ नामक गीतमाथि माओवादी निकटस्थहरुले तिखो टिप्पणी गरिरहेका बेला जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले गीतमा आपत्ति मान्नुपर्ने कुरा नरहेको बताएका छन् ।

बरु उनले यो गीतले अपूर्ण क्रान्तिको पीडा दर्शाएको र त्यस निम्ति क्रान्तिलाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्ने बताएका छन् ।

गत शुक्रबार सार्वजनिक भएको गीतमा १० वर्ष सशस्त्र द्वन्द्वको नेतृत्व गरेको नेकपा माओवादी हाल (नेकपा माओवादी केन्द्र) माथि समीक्षा गरिएको छ । तत्कालीन अवस्थामा लडाइँमा होमिएका छापामारको पीडा गीतमा पोखिएको छ । यो गीतमा वैदेशिक रोजगारीको पीडादेखि देहव्यापारसम्मलाई दृष्टान्त बनाइएको छ ।

तर, यसमाथि टिकाटिप्पणी भइरहेका बेला पूर्वमाओवादीसमेत रहेका भट्टराईले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

उनले यस्तो लेखेका छन्-


क्याटेगोरी : समाचार
ट्याग : #प्रकाश सपुत, #बाबुराम भट्टराई

तपाईको प्रतिक्रिया दिनुहोस