Techie IT
×
गृहपृष्ठसमाचारस्कोर्पियोको ठक्करबाट एक महिलाको मृत्यु

स्कोर्पियोको ठक्करबाट एक महिलाको मृत्यु


काठमाडौँ -रौतहट गुजारा नगरपालिकामा भारतीय गाडीको (स्कोर्पियो) ठक्करबाट एक महिलाको मृत्यु भएको छ । विआर ०५ पिए ५००० नम्बरको गाडीको ठक्करबाट गुजारा नगरपालिका ३ की ४० वर्षीय गीतादेवीको घटनास्थलमै मृत्यु भएको हो ।
महिलालाई ठक्कर दिएलगत्तै आक्रोशित स्थानीयवासीको भीडले गाडीमा आगजनी गरेका छन् ।

गाडी पूर्णरुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरका प्रमुख लिलाराज लामिछानेले बताए । उक्त गाडीको ठक्करबाट अर्की एक महिला घाइते भएकी छन् ।

जथाभावी चलाइएको उक्त गाडीको ठक्करबाट थुप्रै खसी बाख्रा मरेको प्रहरीको भनाई छ । स्थानीयवासीका अनुसार गुजाराको पशुपति टोलमा भएको एक विवाह कार्यक्रममा आएका जन्तीले मदिरा सेवन गरेर गाडी चलाउँदा सो दुर्घटना भएको हो । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #दुर्घटना, #मृत्यु

तपाईको प्रतिक्रिया दिनुहोस