Techie IT
×
गृहपृष्ठसमाचार९ हजार रुसी सैनिक मारिएको युक्रेनको दाबी

९ हजार रुसी सैनिक मारिएको युक्रेनको दाबी


एजेन्सी -आफ्नो मुलुकविरुद्धको आक्रमणमा रुसका ९ हजार सैनिक मारिएको युक्रेनले दाबी गरेको छ। एक साता यता जारी युद्धका क्रममा युक्रेनी पक्षबाट ९ हजार रुसी सैनिक मारिएको युक्रेनी सरकारले दाबी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि रुसको रक्षामन्त्रालयले युक्रेनमा जारी आक्रमणमा ४९८ सैनिक मारिएको उल्लेख गरेको थियो । रुसी रक्षामन्त्रालयले अरु १५९८ रुसै सैनिक घाइते भएको उल्लेख गर्दै अरु धेरै युक्रेनी सैनिक पनि मारिएको दाबी गरेको थियो ।

रुसी सेनाले गत फेब्रुअरी २४ मा युक्रेनविरुद्ध सैन्य कारबाही सुरु गरेको थियो ।

बेलायत, अमेरिका, क्यानडा र युरोपेली सङ्घलगायत धेरै देशले युक्रेनमा रुसको सैन्य कारबाहीको निन्दा गरेका छन् र मस्कोमाथि प्रतिबन्ध लगाएका छन्। यी देशहरूले युक्रेनलाई रुससँग लड्न सैन्य सहयोग गर्ने वाचा पनि गरेका छन् ।

संयुक्त राष्ट्र सङ्घका अनुसार रुसी हमलाको कारण अहिलेसम्म १० लाख मानिस युक्रेनबाट छिमेकी मुलुकमा पलायन हुन बाध्य भएका हुन्।


क्याटेगोरी : समाचार
ट्याग : #युक्रेन तनाव, #युक्रेनमाथि रुसी हमला

तपाईको प्रतिक्रिया दिनुहोस