Techie IT
×
गृहपृष्ठसमाचारमेट्रो कलेजले सुरु गर्‍यो एनएलजी इन्स्योरेन्ससङ्ग विद्यार्थीको सामुहिक दुर्घटना बीमा

मेट्रो कलेजले सुरु गर्‍यो एनएलजी इन्स्योरेन्ससङ्ग विद्यार्थीको सामुहिक दुर्घटना बीमा


दाङ — तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेजले विद्यार्थीको सामुहिक दुर्घटना बीमा गर्न थालेको छ । प्राविधिक धारका विद्यार्थीहरुको बीमा गरेर कलेजले यस्तो कार्यक्रमको सुरुवात गरेको हो । विद्यार्थीलाई हुने कुनै पनि खालको जोखिमबाट सुरक्षित राख्नका लागि कलेजले आफै विमा गर्न थालेको कलेज प्रमुख वसन्त आचार्यले जानकारी दिए ।

“प्राविधिक धारका विद्यार्थीहरु फिल्डमा काम गर्ने भएकाले कहिलेकाही चोटपटक लाग्ने जोखिम हुन्छ त्यही कुरालाई मध्यनजर गरेर हामीले विमा गरेका हौ ” कलेज प्रमुख आचार्यले भने । उनले विद्यार्थीलाई सुरक्षित तवरले काम गर्नका लागि कलेजले सुरक्षा व्यवस्था अपनाएको भएपनि कहिलेकाही चोटपटक लाग्न सक्ने जोखिमका लागि बीमा गरेको वताए ।

तुलसीपुरमा रहेको एनएलजी इन्स्योरेन्स कम्पनी मार्फत शिक्षालयले पहिलो चरणमा आइटी अध्ययनरत विद्यार्थीहरुको बीमा गरेको हो । कम्पनीका तुलसीपुर शाखा प्रमुख सुरेश वस्नेतले कम रकममा पनि धेरै जोखिमलाई विमाले समेटेको बताए । शाखा प्रमुख बस्नेतले विमाको कागजपत्र कलेज प्रमुख आचार्यलाई हस्तान्तरण गरेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #मेट्रो कलेजले सुरु गर्‍यो एनएलजी इन्स्योरेन्ससङ्ग विद्यार्थीको सामुहिक दुर्घटना बीमा

तपाईको प्रतिक्रिया दिनुहोस