Techie IT
×
गृहपृष्ठ ∕ समाचार ∕ एमसीसी सम्झौताबारे चीनको प्रश्‍न : भाखा राखेर पनि कोसेली दिइन्छ र ?

एमसीसी सम्झौताबारे चीनको प्रश्‍न : भाखा राखेर पनि कोसेली दिइन्छ र ?


काठमाडौँ – चीनले अमेरिकी एमसीसी सम्झौतालाई ज्यादतीपूर्ण कूटनीतिको संज्ञा दिएको छ ।

चिनियाँ सहायक विदेशमन्त्री, प्रवक्ता एवम् सूचना विभागकी महानिर्देशक हुआ छुनयिङले ट्वीट गर्दै अमेरिकालाई प्रश्न गरेकी छन्, ‘भाखा राखेर पनि कोसेली दिइन्छ ?’

उनले एमसीसी स्वीकार गर्न अमेरिकाले नेपाललाई समयसीमा दिएकोप्रति व्यंग्य गरेकी हुन् ।

प्रवक्ता छुनयिङले एमसीसी सहयोगलाई ज्यादतीपूर्ण कूटनीतिको संज्ञा पनि दिएकी छन् ।

ट्वीटरमा लेखिएको छ, ‘अमेरिकाले एमसीसीअन्तर्गत ५० करोड अमेरिकी डलर पूर्वाधार कार्यक्रम भन्दै अमेरिकी जनताको उपहारका रूपमा वर्णन गरेर नेपाललाई अनुमोदनको निम्ति अल्टिमेटम दिएको छ । भाखा राखेर पनि कोसेली दिइन्छ रु यो ज्यादतीपूर्ण कूटनीति हो ।’


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमसीसी

तपाईको प्रतिक्रिया दिनुहोस