Techie IT
×
गृहपृष्ठसमाचार१३३८ जना कोरोना संक्रमण मुक्त हुँदा २६२ जनामा संक्रमण पुष्टि, ४ जनाको मृत्यु

१३३८ जना कोरोना संक्रमण मुक्त हुँदा २६२ जनामा संक्रमण पुष्टि, ४ जनाको मृत्यु


काठमाडौँ -पछिल्लो २४ घण्टामा नेपालमा थप २६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पीसीआर विधिबाट ६ हजार ५७२ र एन्टिजेन विधिबाट ३ हजार २४३ जनामा परिक्षण गर्दा २६२ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै, आज थप १ हजार ३३८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने संक्रमणबाट थप ४ जनाको मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ९२१ छ । हाल मुलुकमा सक्रिय संक्रमितको संख्या १२ हजार २४४ रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #corona

तपाईको प्रतिक्रिया दिनुहोस