Techie IT
×
गृहपृष्ठसमाचार३५० जनामा कोरोना संक्रमण पुष्टि हुँदा १२७२ जना कोरोना संक्रमण मुक्त, ४ को मृत्यु

३५० जनामा कोरोना संक्रमण पुष्टि हुँदा १२७२ जना कोरोना संक्रमण मुक्त, ४ को मृत्यु


काठमाडौँ -पछिल्लो २४ घण्टामा नेपालमा थप ३५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पीसीआर विधिबाट ३ हजार ५३८ र एन्टिजेन विधिबाट ३ हजार ५५८ जनामा परिक्षण गर्दा ३५० जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै, आज थप १ हजार २७२ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ९ लाख ५० हजार ५६ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ४ को मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ९१७ छ । हाल मुलुकमा सक्रिय संक्रमितको संख्या १३ हजार ३५७ रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #corona

तपाईको प्रतिक्रिया दिनुहोस