Techie IT
×
गृहपृष्ठसमाचारएकैदिन २४५४ जनाले जिते कोरोना, २जनाको मृत्यु

एकैदिन २४५४ जनाले जिते कोरोना, २जनाको मृत्यु


काठमाडौँ -पछिल्लो २४ घण्टामा नेपालमा थप ४३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पीसीआर विधिबाट ५ हजार १३३ र एन्टिजेन विधिबाट ३ हजार ९५८ जनामा परिक्षण गर्दा ४३७ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै, आज थप २ हजार ४५४ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ९ लाख ४८ हजार ७८४ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप २ को मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ९१३ छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #corona

तपाईको प्रतिक्रिया दिनुहोस