Techie IT
×
गृहपृष्ठसमाचारएमसीसीको विरोधमा उत्रिएका कयौं प्रदर्शनकारी पक्राउ

एमसीसीको विरोधमा उत्रिएका कयौं प्रदर्शनकारी पक्राउ


काठमाडौँ -एमसीसीको विरोधमा भएको प्रदर्शनमा झडप हुँदा केही प्रदर्शनकारी घाइते भएका छन् ।

भर्खरै नयाँ बानेश्वर क्षेत्रबाट प्रदर्शनकारी पक्राउ परेको र उनीहरूको यकिन संख्या आउन बाँकी रहेको कार्यालयका प्रवक्ता तथा एसएसपी किशोरसिंह राठौरले बताए । यसअघि बिहान ५० जना पक्राउ परेका थिए । उनीहरूमध्ये अधिकांश बन्दकर्ता छन् । केही भने प्रदर्शनकारी छन् ।

गृह मन्त्रालयले आज एमसीसीको विरुद्धमा रहेका दलहरूले आन्दोलन गर्न सक्ने र शान्ति सुरक्षामा चुनौती थपिन सक्ने भन्दै नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिएको थियो । सोही कारण आज बिहानैदेखि सडकमा बाक्लो गरी प्रहरी तैनाथ थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #एमसीसीको विरोध

तपाईको प्रतिक्रिया दिनुहोस