Techie IT
×
गृहपृष्ठसमाचारमुटुको शल्यक्रिया गर्न प्रदेश प्रमुख शर्मा अस्पताल भर्ना

मुटुको शल्यक्रिया गर्न प्रदेश प्रमुख शर्मा अस्पताल भर्ना


काठमाडौँ -बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा आज अस्पताल भर्ना भएका छन् ।

मुटुको शल्यक्रिया गर्न उनी काठमाडौँको बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग प्रतिष्ठान अस्पतालमा भर्ना भएको प्रदेश प्रमुख शर्माको प्रमुख स्वकीय सचिव पारसमणि फुँयालले जानकारी दिए ।

उनकोे मुटुमा आठ वर्षअघि राखिएको पेसमेकर परिवर्तन गर्न शल्यक्रिया गर्न लागिएको हो । मुटुमा समस्या आएपछि शर्माले लामो समयदेखि पेसमेकरको सहायता लिँदै आएका छन् । शल्यक्रियापछि पनि शर्मालाई केही दिन आराम गर्नुपर्ने भएकाले करिब एक हप्ताको समय उनी अस्पतालमा नै रहने प्रमुख स्वकीय सचिव फुँयालले बताए । शर्मा लामो समयदेखि मुटु रोगसम्बन्धी समस्याबाट पीडित छन् ।रासस

 


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस