Techie IT
×
गृहपृष्ठसमाचार२४ घण्टामा ६८० संक्रमित थपिए, २ जनाको मृत्यु

२४ घण्टामा ६८० संक्रमित थपिए, २ जनाको मृत्यु


काठमाडौँ -नेपालमा पछिल्लो २४ घण्टामा ६८० जनामा कोरोना संक्रमण थपिएको छ ।

७ हजार ९५ जनाको स्वास्थ्य परीक्षण गर्दा ६८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ४ हजार २५६ जनाको पीसीआर र २ हजार ८३९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

पीसीआर परीक्षणबाट ४९८ र एन्टिजेन परीक्षणबाट १८२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा १ हजार ८३५ जनाले कोरोनालाई जितेका छन् ।

आज थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९०२ पुगेको छ । अहिले देशभर १९ हजार ४०० जना सक्रिय संक्रमित छन्।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #corona

तपाईको प्रतिक्रिया दिनुहोस