Techie IT
×
गृहपृष्ठसमाचारबलात्कार मुद्दाका फरार अभियुक्त १० वर्षपछि पक्राउ

बलात्कार मुद्दाका फरार अभियुक्त १० वर्षपछि पक्राउ


काठमाडौँ -बलात्कार मुद्दाका फरार अभियुक्तलाई प्रहरीले १० वर्षपछि पक्राउ गरेको छ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१३ घर भएका सुभाष राई उर्फ सुब्बेलाई भक्तपुरबाट जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले पक्राउ गरेको हो ।

जिल्ला अदालत उदयपुरले सुब्बेलाई २०६८ असार ५ मा ५ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । फैसलापछि १० वर्षसम्म फरार रहेका राईलाई भक्तपुरको सूर्यविनायक क्षेत्रबाट पक्राउ गरिएको उदयपुरका एसपी सुवासचन्द्र बोहराले  बताए ।

जिल्ला अदालतको फैसलालाई पुनरावेदन अदालत राजविराजले २०६९ जेठ १ मा सदर गरेको थियो । अदालतले मुलुकी ऐन जबरजस्ती करणी महलको १० नम्बर अनुसार प्रतिवादीबाट पीडितलाई आधा अंश भराउने फैसला गरेको थियो । अभियुक्तलाई अदालतको आदेश अनुसार कारागार चलान गरिएको एसपी बोहराले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #पक्राउ

तपाईको प्रतिक्रिया दिनुहोस