Techie IT
×
गृहपृष्ठसमाचार२४ घण्टामा ७४७ जनामा कोरोना संक्रमण,८ जनाको मृत्यु

२४ घण्टामा ७४७ जनामा कोरोना संक्रमण,८ जनाको मृत्यु


नेपालमा पछिल्लो २४ घण्टामा ७४७ जनामा कोरोना संक्रमण थपिएको छ ।

८ हजार ६९६ जनाको स्वास्थ्य परीक्षण गर्दा ७४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ६ हजार २७९ जनाको पीसीआर र २ हजार ४१७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

पीसीआर परीक्षणबाट ४८२ र एन्टिजेन परीक्षणबाट २६५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा २ हजार ३१९ जनाले कोरोनालाई जितेका छन् ।

आज थप ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९०० पुगेको छ । अहिले देशभर २० हजार ७३९ जना सक्रिय संक्रमित छन्।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #corona

तपाईको प्रतिक्रिया दिनुहोस