Techie IT
×
गृहपृष्ठसमाचार५ सय २१ जना कोरोना संक्रमित हुँदा १०को मृत्यु, संक्रमणमुक्त कति ?

५ सय २१ जना कोरोना संक्रमित हुँदा १०को मृत्यु, संक्रमणमुक्त कति ?


काठमाडौँ -देशभर पछिल्लो २४ घण्टामा ५ सय २१ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३७ जनाको पिसिआर परीक्षण गर्दा ४२७ जना र ४ हजार ७८जनाको एन्टिजेन परीक्षण गर्दा ९४ जना गरी ५ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा ३ हजार ९३५ जना संक्रमणमुक्त भएका छन् भने १० संक्रमितले ज्यान गुमाएका छन् । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ८९२ पुगेको छ ।

आज थपिएकासँगै देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ५८४ पुगेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #corona

तपाईको प्रतिक्रिया दिनुहोस