Techie IT
×
गृहपृष्ठसमाचारइलाम जिल्लाका ज्येष्ठ नागरिक भुर्तेलको १०७ उमेरमा निधन

इलाम जिल्लाका ज्येष्ठ नागरिक भुर्तेलको १०७ उमेरमा निधन


इलाम -इलाम जिल्लाका ज्येष्ठ नागरिकको मृत्यु भएको छ । एक सय सात वर्षीय टङ्कनाथ भुर्तेलको मृत्यु भएको हो । उनको आज बिहान आफ्नै निजी निवास इलाम नगरपालिका–५ बरबोटे घरमा मृत्यु भएको हो ।

उनको आज बिहान ७ः३० बजे मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनको बुढ्यौलीकै कारण मृत्यु भएको बताइएको छ । उनको आज नै माइखोलाको कुँडुले सेपेनी घाटमा दाहसंस्कार गरिने बताइएको छ । उनका पाँच छोरा र दुई छोरी छन् । उहाँ बृद्ध भएकै कारण र जिल्लाकै बढी उमेरका कारण उनीसँग धेरैले आशिष थाप्न र भेट्न जाने गरेका थिए ।रासस


क्याटेगोरी : समाचार
ट्याग : #निधन

तपाईको प्रतिक्रिया दिनुहोस