Techie IT
×
गृहपृष्ठसमाचारशलले घाँटी कसेर १९ वर्षीय किशोरीको विभत्स हत्या

शलले घाँटी कसेर १९ वर्षीय किशोरीको विभत्स हत्या


रौतहट -रौतहटको ईशनाथ नगरपालिकामा एक महिलाको हत्या भएको छ । इशनाथ नगरपालिका –९ मा महिलाको हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।

स्थानीय लौतना गाउँकी १९ बर्षिया चाँदनी खातुनको शव गाउँ छेउमै गहुँ बालीमा स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

मृतक खातुनको पारिवारिक श्रोतको अनुसार इशनाथ नपा ७ घिउरा गाउँका २२ बर्षिय युवक फैयाद धुनियासँग उनको गत वर्ष बिहे पक्का भएको थियो । मंगलवार साँझ युवकले भेट्न फोन गरेर बोलाएका थिए । हिजो साँझ भेट्न हिँडेकी खातुन विहान मृत शव फेला परेकी हुन् । घटनास्थल पुगेका रौतहट प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले शवको प्रकृति हेर्दा घाँटी थिचेर हत्या गरिएको हुनसक्ने बताए ।

मृतक महिलाको मुखमा कपडा कोचिएको अवस्थामा शव भेटिएको छ । घटना पछि बिहे पक्का भएका युवक फरार छन् । फरार युवक फैयादको खोजतालास भैरहेको तथा घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #हत्या

तपाईको प्रतिक्रिया दिनुहोस