Techie IT
×
गृहपृष्ठसमाचार२४ घण्टामा थप १५७० जनामा कोरोना पुष्टि, १३ को मृत्यु

२४ घण्टामा थप १५७० जनामा कोरोना पुष्टि, १३ को मृत्यु


काठमाडौं — पछिल्लो २४ घण्टामा थप १५७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा १३ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ३६५ जनाको नमुना परीक्षण भएको थियो ।

मन्त्रालयले सोही अवधिमा निको हुने संख्या भने निको हुनेभन्दा झण्डै ४ गुणा बढी रहेको जनाएको छ । अर्थात सोही अवधिमा ६ हजार १४६ जना निको भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ६७ हजार ४२७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३४ हजार ८३२ जना पुगेको छ । संक्रमितमध्ये ९ लाख १५ हजार ४८९ जना

निको भएका छन् भने मृतकको कुल संख्या ११ हजार ८२७ जना पुगेको छ । हाल देशभर सक्रिय संक्रमित ४० हजार १११ जना रहेका छन् ।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #corona

तपाईको प्रतिक्रिया दिनुहोस