Techie IT
×
गृहपृष्ठसमाचारखुकुरी प्रहार गरी दुई जनाको हत्या

खुकुरी प्रहार गरी दुई जनाको हत्या


बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट दुई जनाको हत्या भएको छ ।

आइतबार साँझ सो स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी स्थानीयवासी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अभियुक्त विजयलाई प्रहरीले नियन्त्रणमा लिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए । उनले घटनाको थप अनुसन्धान भइरहेको बताए ।रासस


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #हत्या

तपाईको प्रतिक्रिया दिनुहोस