Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारएकैदिन १ हजार ७१४ कोरोना संक्रमित थपिदा ९ को मृत्यु

एकैदिन १ हजार ७१४ कोरोना संक्रमित थपिदा ९ को मृत्यु


काठमाडौँ -नेपालमा पछिल्लो २४ घण्टामा १७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार २२५ जनाको पीसीआर परीक्षणमा ११०३ र ३ हजार २८८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६११ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ९ कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ४७७१ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ९३ दशमलब ३ रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #corona

तपाईको प्रतिक्रिया दिनुहोस