Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारएकैदिन ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

एकैदिन ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु


काठमाडौँ -पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार ८२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८०७ जना र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जना गरी ६ हजार ८२७ जनामा कोरोना संक्रमण देखिएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ४४ हजार ७४ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख २४  हजार ८५८ जना पुगेको छ।

यस्तै, आज थप ५ हजार ४३२ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख ४२ हजार २३६ जना पुगेको छ ।  पछिल्लो २४ घण्टामा संक्रमणबाट १० जनाको मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६९७ छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ८९ हजार ८४१ रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #corona

तपाईको प्रतिक्रिया दिनुहोस