Techie IT
×
गृहपृष्ठसमाचारबैतडीमा बस दुर्घटना हुँदा ८ जना घाइते

बैतडीमा बस दुर्घटना हुँदा ८ जना घाइते


बैतडी- बैतडीको मेलौलीमा आज  बिहान बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । महेन्द्रनगरदेखि मेलौलीतर्फ गइरहेको पवनदुत यतायातको ना ७ ख २५७० नम्बरको बस बैतडीको मेलौली नगरपालिका २ रौतगाउँमा दुर्घटना भएको हो ।

घाइते हुनेमा मेलौली–६ का कमलापति भट्ट, मेलौलीकै मनिषा चन्द, दुर्गादत्त भट्ट, शिवनाथ गाउँपालिकाकी शुशिला चन्द, शिवनाथकै जनक औजी, रामसिंह साउँद, कञ्चनपुरको बेदकोट नगरपालिका दैजीकी पुजा भट्ट र बारा घर भएका सिराज अन्सारी रहेका छन् ।

घाइतेलाई उपचारका लागि डडेल्धुरा जिल्ला अस्पताल पठाइएको छ । ३२ यात्रु सवार बस महेन्द्रनगरदेखि मेलौलीतर्फ गइरहेको सडकबाट २० मिटर तल खसेको छ ।

बस चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ का विरेन्द्र लुहारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #दुर्घटना

तपाईको प्रतिक्रिया दिनुहोस