Techie IT
×
गृहपृष्ठसमाचारएकैदिन ८ हजार ४५४ कोरोना संक्रमित थपिदा ५ को मृत्यु

एकैदिन ८ हजार ४५४ कोरोना संक्रमित थपिदा ५ को मृत्यु


काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा ८४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ५४९ जनाको पीसीआर परीक्षणमा ५५७१ र ६ हजार ८१० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २८८३ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ५ कोरोना संक्रमितको मृत्यु भएको छ। सोह अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ४४३३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ८९ दशमलब २ रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #corona

तपाईको प्रतिक्रिया दिनुहोस