Techie IT
×
गृहपृष्ठसमाचारराष्ट्रियसभा निर्वाचनमा आउँदै गरेको गाडी दुर्घटना हुँदा सांसद घाइते

राष्ट्रियसभा निर्वाचनमा आउँदै गरेको गाडी दुर्घटना हुँदा सांसद घाइते


काठमाडौँ -राष्ट्रियसभा निर्वाचनको मतदानका लागि घोराही आउँदै गरेका लुम्बिनी प्रदेश सभा सदस्य चढेको गाडी दुर्घटनाग्रस्त भएको छ ।

 

दुर्घटनामा प्रदेशसभा सदस्य तुलसी चौधरी घाइते भएका छन । उनको हातमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले बताए ।

 

सांसद चौधरी चढेको बा २ झ ३४४४ स्कारपिओ कालाकाटे नजिक दुर्घटनामा परेको रिजालले बताए । उनीसँगै रुपन्देहीको शुद्धोधन गाउँपालिका अध्यक्ष कृष्णचन्द्र चौधरी पनि सामान्य घाइतेको भएका छन्। उनीहरुको उपचार दाडमा नै गर्ने जनाएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #दुर्घटना

तपाईको प्रतिक्रिया दिनुहोस