Techie IT
×
गृहपृष्ठसमाचारविवाहको रथले किच्दा दुई जनाको मृत्यु, १२ जना घाइते

विवाहको रथले किच्दा दुई जनाको मृत्यु, १२ जना घाइते


बारामा विवाहको रथले किचेर गएराति दुई जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा आदर्श कोटवाल गाउँपालिका वडा नम्बर ३ स्थित बत्रा बस्ने २५ वर्षीया बालकुमारी देवी राम र १६ वर्षीया निलम कुमारी राम रहेको बारा प्रहरीले जनाएको छ ।

रथ अचानक तीव्र गतिमा कुदेपछि रथ अगाडि रहेका मानिसहरुलाई किच्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको आदर्श कोटवाल गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष धर्मेन्द्र यादवले जानकारी दिए ।

स्थानीय लक्ष्मण महरा चमारको विवाहका लागि तयारी अवस्थामा रहेको वैवाहिक रथ अचानक अनियन्त्रित भएपछि रथ अगाडि रहेका दर्जनौँ व्यक्तिहरुलाई किचेको उनको भनाइ छ । घाइते १२ जनामध्ये ६ जनाको अवस्था भने गम्भीर रहेको बारा प्रहरीले जनाएको छ ।

घाइतेहरुको उपचार कलैया अस्पतालमा भइरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मृत्यु

तपाईको प्रतिक्रिया दिनुहोस