गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा एक लाख ६८ हजारले लगाए बुस्टर डोज, अझै एक करोड खोप मौज्दात नेपालमा एक लाख ६८ हजारले लगाए बुस्टर डोज, अझै एक करोड खोप मौज्दात दीप संञ्चार माघ १०, २०७८ गते १९:३१ मा प्रकाशित काठमाडौँ -नेपालमा एक लाख ६८ हजारभन्दा बढीले कोरोनाभाइरसविरुद्धको बुस्टर डोज (अतिरिक्त मात्रा) लगाएका छन् । काठमाडौं उपत्यकामा केही दिन लगाएर रोकिएको बुस्टर डोज अभियान उपत्यका बाहिरका केही जिल्लामा सुरु गरिएको छ ।सोमबार अपरान्ह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म एक लाख ६८ हजार ९६९ जनाले बुस्टर डोज लगाएका छन् । १४ माघ २०७७ बाट सुरु भएको खोप अभियानमा दुवै डोज लगाएका व्यक्तिलाई बुस्टर डोज लगाइएको हो । दुवै डोज लगाएको ६ महिना पुगेका अग्रपंक्तिमा खटिने र अत्यावश्यकीय क्षेत्रमा कार्यरतलाई बुस्टर डोज लगाइएको हो ।एक करोड खोप मौज्दातमन्त्रालयका अनुसार हालसम्म नेपालमा चार करोड तीन लाख ८८ हजार ८४० डोज खोप ल्याएको छ । १४ माघ २०७७ बाट सुरु भएको खोप अभियानदेखि हालसम्म दुई करोड ९४ लाख २४ हजार ७५६ डोज खोप लगाइएको मन्त्रालयले जनाएको छ ।जसमध्ये एक करोड ६२ लाख ८९ हजार ४२५ जनाले पहिलो डोज लगाएका छन् भने एक करोड २९ लाख ६६ हजार ३६२ जनाले पूर्णमात्रा अर्थात दुई डोज लगाएका मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।१८ वर्षभन्दा माथिका लक्षित जनसंख्याको आधारमा ८१ दशमलव आठ प्रतिशतले पहिलो डोज र ६५ दशमलव एक प्रतिशतले पूर्णमात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ । देशभर खोप अभियान जारी रहेको मन्त्रालयले जनाएको छ । खोप नलगाएकाहरूलाई लगाउन सरकारले बारम्बार अनुरोध गर्दै आएको छ ।क्याटेगोरी : समाचारट्याग : #Breakig, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ताजा अपडेट मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल