Techie IT
×
गृहपृष्ठसमाचारथपिए १० हजार ३१९ कोरोना संक्रमित, ४ को मृत्यु

थपिए १० हजार ३१९ कोरोना संक्रमित, ४ को मृत्यु


काठमाडौँ -पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार ३१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १६ हजार ६५४ र एन्टिजेन विधिबाट ४ हजार ४५७ जनामा परिक्षण गर्दा १० हजार ३१९ जनामा कोरोना संक्रमण देखिएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख १८ हजार ४४८ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख १५ हजार १७८ जना पुगेको छ।

यस्तै, आज थप २ हजार ५४० जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख २४ हजार २३९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट ४ जनाको मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६५९ छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #corona

तपाईको प्रतिक्रिया दिनुहोस