Techie IT
×
गृहपृष्ठसमाचारयस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर


नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्रबैंकले आजको अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ७७ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३७ पैसा कायम गरेको छ ।

युरोपियन युरो आज एकको खरिददर १३४ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३४ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ १५ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९६ पैसा कायम छ ।

कतारी रियालको एकको खरिददर ३२ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७८ पैसा छ । जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ४२ पैसा र बिक्रीदर १० रुपैयाँ ४८ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #विदेशी मुद्राको विनिमयदर

तपाईको प्रतिक्रिया दिनुहोस