Techie IT
×
गृहपृष्ठसमाचारकाठमाडौंको छुट्टाछुट्टै स्थानमा तीन जनाको शव भेटियो

काठमाडौंको छुट्टाछुट्टै स्थानमा तीन जनाको शव भेटियो


काठमाडौँका विभिन्न क्षेत्रमा शुक्रबार तीन व्यक्ति मृत फेला परेका छन् ।

यहाँस्थित बुढानीलकण्ठ नगरपालिका–२ भङ्गाल डेरा गरी बस्ने महोत्तरी बर्दिवासकी ४५ वर्षीया सविता थापा मृत्तावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै काठमाडौँ महानगरपालिका–१९ ढोकाटोलस्थित सडकपेटीमा एक पुरुष र पहिचान नखुलेका करिब ४५ वर्षीय पुरुष काठमाडौँ–१९ मा मृत्त फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । तीन वटै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #मृत्यु

तपाईको प्रतिक्रिया दिनुहोस