Techie IT
×
गृहपृष्ठसमाचारसर्लाहीमा बस दुर्घटना हुँदा १७ जना गम्भीर घाइते

सर्लाहीमा बस दुर्घटना हुँदा १७ जना गम्भीर घाइते


सर्लाही -पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीमा यात्रुबाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । सर्लाहीको हरिवनमा मंगलवार दिउँसो दुर्घटना हुँदा बसमा सवार रहेका १७ जना घाइते भएको सर्लाही प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ५ ख ५०५५ नम्बरको बस हरिवन नगरपालिका वडा नम्बर ९ स्थित नोचामा पल्टिएको थियो । सो बस राजमार्गबाट तल खसेको छ ।

घाइते भएका १७ मध्ये एकजना स्वास्थ्य अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । घाइतेहरुको हरिवन स्थित नमूना अस्पताल लगायत अन्य विभिन्न स्वास्थ्य केन्द्रमा उपचार भईरहेको सर्लाही प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #दुर्घटना

तपाईको प्रतिक्रिया दिनुहोस