Techie IT
×
गृहपृष्ठसमाचारआज एकैदिन १० हजार २५८ संक्रमित थपिए

आज एकैदिन १० हजार २५८ संक्रमित थपिए


काठमाडौँ -पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार २५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १७ हजार ८७२ र एन्टिजेन विधिबाट ४९५६ जनामा परिक्षण गर्दा १० हजार २५८ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ६८ हजार २१५ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३९८३ जना पुगेको छ।

यस्तै, आज थप ५६२ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख १७ हजार ५४७ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १ को मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६२४ छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #corona

तपाईको प्रतिक्रिया दिनुहोस