Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारब्राउन सुगरसहित वडा अध्यक्ष पक्राउ

ब्राउन सुगरसहित वडा अध्यक्ष पक्राउ


बाँके- बाँकेको बैजनाथ गाउँपालिकाका एक वडा अध्यक्ष लागू औषध ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वडा ३ का अध्यक्ष रामशरण थारु रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी रवीन्द्र खनालले  बताए ।

खनालका अनुसार थारुसहित अन्य तीनजना पनि पक्राउ परेका छन् । पक्राउ पर्ने अन्यमा सुरज थारु, ध्रुव थारु र सुन्दर थारु छन् । प्रारम्भिक अनुसन्धानमा चारै जना लागू औषध प्रयोगकर्ता रहेको पाइएको प्रहरीको भनाइ छ ।

ब्राउन सुगर सेवन गरिरहेको अवस्थामा प्रहरी पुग्दा उनीहरुले लागू औषध भुइँमा फालेकाले ठ्याक्कै कति मात्रामा ब्राउन सुगर थियो भन्ने एकिन नभएको प्रहरीले जनाएको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस