Techie IT
×
गृहपृष्ठसमाचारह्वात्तै बढ्यो कोरोना, एकैदिन २४४४ जनामा संक्रमण पुष्टि

ह्वात्तै बढ्यो कोरोना, एकैदिन २४४४ जनामा संक्रमण पुष्टि


काठमाडौँ -पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १० हजार ६४८ र एन्टिजेन विधिबाट ४३८५ जनामा परिक्षण गर्दा २ हजार ४४४ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ३५ हजार ९२७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९७ हजार ५०४ जना पुगेको छ।

नेपालमा पछिल्लो केहीदिन यता कोरोना संक्रमणको दर क्रमिक रुपमा बढ्दै गएको छ ।

यस्तै, आज थप ३१३ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख १४ हजार ७९८ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १ को मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६०७ छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५२२ रहेको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #corona

तपाईको प्रतिक्रिया दिनुहोस