Techie IT
×
गृहपृष्ठसमाचारमुलुकभर एकैदिन थपिए १ हजार १ सय ६७ जना नयाँ कोरोना संक्रमित

मुलुकभर एकैदिन थपिए १ हजार १ सय ६७ जना नयाँ कोरोना संक्रमित


काठमाडौँ -पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ८८४८ र एन्टिजेन विधिबाट ३७८४ जनामा परिक्षण गर्दा १ हजार १६७ जनामा कोरोना संक्रमण देखिएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ३२ हजार ५२९ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९७ हजार ४१५ जना पुगेको छ। नेपालमा पछिल्लो केहीदिन यता कोरोना संक्रमणको दर क्रमिक रुपमा बढ्दै गएको छ ।

यस्तै, आज थप २२४ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख १४ हजार २३० जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप २ को मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६०४ छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ७५५ रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #corona

तपाईको प्रतिक्रिया दिनुहोस