Techie IT
×
गृहपृष्ठप्रदेश खबरप्रदेश ५एनएलजी ईन्स्योरेन्सको आयोजनामा ३ दिने कृषि तथा पशु बिमा तालिम सञ्चालन

एनएलजी ईन्स्योरेन्सको आयोजनामा ३ दिने कृषि तथा पशु बिमा तालिम सञ्चालन


दाङ — कृषि तथा पशुपन्छी विमा अभिकर्ताहरुलाई तालिम दिन थालिएको छ । एनएलजी ईन्स्योरेन्सको आयोजना तथा ग्रामिण उत्थान केन्द्र एवम हेफर इन्टरनेशनल नेपालको समन्वयमा अभिकर्ताहरुलाई तालिम दिन थालिएको हो ।

तालिममा दाङ, सल्यान तथा प्युठानका सहभागि रहेका छन् । तालिम ३ दिनसम्म सञ्चालन हुने भएको छ । तालिममा विमाको उद्देश्य, विमाका फाइदालगायतका विषयमा जानकारी गराइने भएको छ । कार्यक्रममा एनएलजी ईन्स्योरेन्सका चिप कर्पाेरेट मार्केटिङ अफिसर बुद्ध प्रकाश सिंहले कृषकहरुलाई विमामा जोडन ग्रामिण क्षेत्र सम्म पु¥याइने बताए । यसै लागि अभिकर्ताहरुलाई तालिम दिन थालिएको उनको भनाइ रहेको छ । सबै सँग सहकार्य गदै कृषकसंग जोडिएर अगाडि वढने उनले बताए ।

घोराही उपमहानगरपालिकाका प्रवक्ता भरतमणी अर्यालले कृृषि तथा पशु विमाका वारेमा कृषकहरुले जानकारी नपाउँदा समस्या भएको बताए । कृषकहरुलाई जानकारी गराएर विमामा जोडनु पर्ने बताए । यसले गर्दा उनीहरुको खेती तथा पशुपालनको व्यवसाय सुरक्षीत वनाउन सहयोग पुग्ने उनले बताए । कार्यक्रममा पशु विज्ञ केन्द्रका प्रेम चौधरी, ग्रामीण महिला उत्थान केन्द्रका कानुनी सल्लाहाकार सौगतविर चौधरी, हेफरका जिल्ला कार्यक्रम अधिकृत महेश आचार्यलगायतकाले भनाइ राखेका थिए ।

एनएलजी ईन्स्योरेन्सका घोराही शाखा प्रमुख रवि गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण एनएलजी ईन्स्योरेन्स घोराही शाखाका बजार ब्यवस्थापक सन्तोष अधिकारीले गरेका थिए ।


क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #insurance beema training

तपाईको प्रतिक्रिया दिनुहोस