Techie IT
×
गृहपृष्ठसमाचारकोभिड नेपाल :ओमिक्रोन रोक्न ‘सबै देशबाट आउने यात्रुलाई होटल क्वारन्टीन अनिवार्य गर्न’ स्वास्थ्य मन्त्रालयको सिफारिस

कोभिड नेपाल :ओमिक्रोन रोक्न ‘सबै देशबाट आउने यात्रुलाई होटल क्वारन्टीन अनिवार्य गर्न’ स्वास्थ्य मन्त्रालयको सिफारिस


काठमाडौँ

ओमिक्रोन भेरिअन्टको सङ्क्रमण रोकथामका लागि विदेशबाट आउने सबै यात्रुलाई अनिवार्य होटल क्वारन्टीनूको व्यवस्था गर्न मन्त्रिपरिषद्‌लाई सिफारिस गरिएको स्वास्थ्य मन्त्रालयकी प्रवक्ताले बताएकी छन्।

अध्यागमन विभागले ६७ देशबाट आउने यात्रुले अनिवार्य होटल क्वारन्टीन बस्नुपर्ने सूचना निकालेर २४ घण्टा नबित्दै त्यसलाई स्थगित गरेका बेला स्वास्थ्य प्रवक्ताले उक्त जानकारी दिएकी हुन्।

अध्यागमन विभागले शुक्रवार अमेरिका, क्यानडा, यूके, रुस, कोरियालगायतका देशहरूसमेत कुल ६७ देशबाट आउने यात्रुले सात दिन होटलमा अनिवार्य क्वारन्टीन बस्नुपर्ने सूचना निकालेको थियो।

तर शनिवार बिहानै विभागले उक्त व्यवस्था ‘अर्को निर्णय नहुन्जेल लागु नहुनेू जानकारी दिँदै सूचना निकालेको छ।

विभागका अधिकारीहरूले स्वास्थ्य मन्त्रालयको सिफारिस र जोखिमयुक्त मुलुकको सूची अनुसार शुक्रवारको निर्णय गरिएको बताएका थिए।

शनिवार बीबीसीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रले भनिन्, ‘सूची नपठाउने (कुन कुन देश भनेर) सबै देशकै ९यात्रुलाई० सात दिन क्वारन्टीन गर्ने ‘ भनेर मन्त्रिपरिषद्‌मा गइसकेको छ।’

‘त्यो मन्त्रिपरिषद्‌मा गइसकेको छ। त्यसैले अध्यागमनले निकालेको सूचीलाई बेवास्ता गर्नुपर्छ। अहिले स्वास्थ्य मन्त्रालयले सम्पूर्ण देशबाट आउने मान्छेलाई सात दिन क्वारन्टीनको प्रस्ताव गरेको छ।’

उनले अध्यागमन विभागले स्वास्थ्य मन्त्रालयले केही अघि नै पठाएको सूचीलाई आधार मानेर उक्त सूचना निकालेको बताइन्।

अध्यागमनको सूचना
अध्यागमन अधिकारीहरूका भनाइमा ‘माथिल्लो निकायबाट ती देशहरूको सूचीबारे थप विश्लेषण गर्नुपर्नेू निर्देशन आएपछि उक्त नियम हाललाई स्थगित गरिएको हो।

शुक्रवार अध्यागमन विभागले मङ्सिर १३ गते मन्त्रिपरिषद्ले गरेको एउटा निर्णयका आधारमा भन्दै त्यस्ता देशहरूको सूची निकालेको थियो।

उक्त सूचना आएपछि सामाजिक सञ्जालमा कैयौँले त्यसको आलोचना पनि गरेका थिए।

अध्यागमन विभागले सार्वजनिक गरेको र हाल स्थगित उक्त सूचनामा विभिन्न ६७ वटा देशको सूची दिइएको थियो।

सूचनामा ती देशहरूबाट आउने यात्रुहरूले ‘आफ्नै खर्चमा सात दिन होटल क्वारन्टीनमा बसी कोभिड-१९ को आरटी-पीसीआर विधिबाट परीक्षण गर्नुपर्नेू उल्लेख थियो।

त्यस्तो परीक्षणको नतिजा नकारात्मक आएमा सात दिनपछि थप सात दिन घरमा क्वारन्टीन बस्न पाउने गरी त्यस्ता यात्रुले जान पाउने बताइएको थियो।

यदि कसैमा सङ्क्रमण देखिए तोकिएको आइसोलेशन केन्द्र वा अस्पताल पठाइने सूचनामा उल्लेख गरिएको थियो।

आलोचना
सूचना आएपछि कतिपय व्यक्तिहरूले सामाजिक सञ्जालमा लेख्दै पीसीआर परीक्षण गरेर सङ्क्रमण नदेखिएकालाई घरैमा क्वारन्टीनमा बस्न दिनुपर्नेमा जोड दिएका थिए।

कतिले उक्त निर्णयलाई अव्यवहारिक भनेका थिए भने कतिले होटल क्वारन्टीनमा मापदण्ड पालन नभएको भन्दै प्रश्न पनि उठाएका थिए।बिबिसी 


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस