गृहपृष्ठ ∕ समाचार ∕ वर्षेनी १५ करोड मानिसलाई पुग्ने खानेकुरा फाल्छ अमेरिका वर्षेनी १५ करोड मानिसलाई पुग्ने खानेकुरा फाल्छ अमेरिका दीप संञ्चार मंसीर २१, २०७८ गते ९:५९ मा प्रकाशित काठमाडौँ अमेरिकाले उत्पादन हुने खानेकुराको एक तिहाई खानेकुरा फाल्ने गरेको छ । अमेरिकाको वातावरण संरक्षण सम्बन्धी निकाय इपीएचले एक प्रतिवेदन सार्वजनिक गर्दै सो जानाकारी दिएको हो । अमेरिकाले यसअघि सन् २०३० सम्म खाद्यन्न फोहर आधा कटौती गर्ने प्रतिबद्धता जनाएको थियो ।खाद्यन्न हिनामिना गर्दा लाखौँ डलर नोक्शान हुने र यसले जलवायु परिवर्तनमासमेत असर गर्छ । ठूलो परिणााममा खाद्यन्न फोहर लेन्डफिल साइटमा फाल्दा यसले वातावरणमा असर गर्ने मिथेन ग्यास उत्सर्जन गर्ने वैज्ञानिकहरुले बताउँदै आएका छन् ।‘सन् २०१५ मा पेरिस सम्झौतामा उल्लेख भएबमोजिम विश्व तापमानलाई १ दशमलब ५ मा झार्न अमेरिकामा खाद्य प्रणालीमा परिवर्तन गर्न आवश्यक छ’, प्रतिवेदनमा भनिएको छ ।‘जिवास्मबाट निस्काशन हुने इन्धन रोक्न सके पनि खाद्य फोहर फाल्ने अहिलेको प्रवित्तिले विश्व तापमानलाई १ दशमलब ५ मा झार्ने लक्ष्य प्राप्त गर्न सक्दैन,’ प्रतिवेदनमा भनिएको छ ।अमेरिकामा वर्षेनी ७ करोड ३० लाख देखि १५ करोड २० लाख मेट्रिक टन खाद्यन्न खेर जाने गरेको भन्दै यो खाद्यन्नले वर्षेनी १५ करोड मानिसलाई खान पुग्ने इपीएचले जनाएको छ ।सन् २०१५ मा अमेरिकाको कृषि मन्त्रालय र इपीएचले निजी क्षेत्र र सामुदायिक संगठनहरुको सहकार्यमा खेर जाने खाद्यन्नलाई सन् २०३० सम्म आधाले घटाउने घोषणाा गरेका थिए । तर, पनि सफलता प्राप्त गर्न सकेका छैनन् । सन् २०१० मा अमेरिकामा उत्पादन हुने कूल खाद्यन्नको ३१ प्रतिशत खाद्यन्न खेरा जाने गरेको थियो ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ