Techie IT
×
गृहपृष्ठसमाचारबाजुरा विमानस्थलमा किन मानिसहरुले धकेले जहाज ?

बाजुरा विमानस्थलमा किन मानिसहरुले धकेले जहाज ?


काठमाडौँ

बाजुरा विमानस्थलमा हलुका सवारी साधन जसरी मानिसहरुले एउटा जहाज धकेलेको रोचक दृश्य देखियो । जहाँ यात्रुहरुले तारा एयरको एउटा जहाज धकेलेका थिए । चारपाङ्ग्रे हलुका सवारी धकेलेको देखेका तपाईं हामीलाइ यस्तो देख्दा अचम्म लाग्न सक्छ ।

मानिसहरुले धकेल्नुको करण यस्तो रहेको छ । हुम्लाको सिमकोटबाट ९ एन–एभीई जहाज बाजुरा विमानस्थलमा अवतरण गरेको थियो । जहाज धावनमार्गबाट ट्याक्सी–वेमा पुगिसकेपछि पछाडिको टायर पड्कियो र ट्याक्सी–वे अवरुद्ध भयो । विमानस्थलमा समिट एयर र तारा एयरबाट नेपालगञ्ज झर्न तयारी अवस्थामा थिए ।

तर टायर पड्किएको तारा एयरलाइन्सको विमान ट्याक्सी वेबाट नहटाएसम्म उड्न नपाउने भए । त्यसपछि यात्रु र सुरक्षाकर्मी मिलेर ट्याक्सी–वेबाट जहाजलाई धकेलेर किनारा लगाए । अहिले मानिसहरुले जहाज धकेलेको रोचक दृश्य समाजिक सञ्जालमा भाइरल बनेको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस