गृहपृष्ठ ∕ समाचार ∕ एनआरएनए निर्वाचन तालिका सार्वजनिक, डिसेम्बर २६ र २७ गते मतदान एनआरएनए निर्वाचन तालिका सार्वजनिक, डिसेम्बर २६ र २७ गते मतदान दीप संञ्चार मंसीर १४, २०७८ गते २०:३५ मा प्रकाशित काठमाडौँ गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पछिल्लो पटक डिसेम्बर १५ तारिखमा निर्धारण गरेको नयाँ नेतृत्व चयनको निर्वाचन केही दिन हेरफेर गर्दै नयाँ निर्वाचन तालिका सार्वजनिक गरेको छ ।संघको बैठकले यसअघि १०औं अन्तर्राष्ट्रिय महाधिवेशन डिसेम्बर १९ र २० मा हुने र त्यो अगावै निर्वाचन हुने कार्यतालिका सार्वजनिक गर्दै डिसेम्बर १५ तारिखमा निर्वाचन मिति तय गरेको थियो । नयाँ निर्वाचन तालिका अनुसार अब निर्वाचन डिसेम्बर २६ र २७ तारिखमा हुने जनाइएको छ ।संघको निर्वाचन समितिले मंगलबार बेलुका सूचना प्रकाशित गर्दै नयाँ निर्वाचन तालिका सार्वजनिक गरेको हो । निर्वाचन तालिका अनुसार डिसेम्बर ६ मा मतदाता नामावली प्रकाशन, डिसेम्बर ७ मा मतदाता नामावली उपर दाबी विरोध, डिसेम्बर १० मा मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने रहेको छ ।यस्तै डिसेम्बर ११ मा उम्मेदवारको मनोनयन पत्र दर्ता, डिसेम्बर १२ मा उम्मेदवारको पहिलो नामावली प्रकाशन, डिसेम्बर १३ मा उम्मेदवारविरुद्ध दाबी विरोध, डिसेम्बर १४ मा उजुरीउपर निर्णय, डिसेम्बर १५ मा उम्मेदवारको दोस्रो नामावली प्रकाशन, डिसेम्बर १७ मा उम्मेदवारको मनोनयनपत्र फिर्ता, डिसेम्बर १८ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र डिसेम्बर २६ र २७ गते मतदानको कार्यक्रम राखिएको छ ।संघको १०औं महाधिवेशनको लागि अध्यक्ष पदमा डा। बद्री केसी, रविना थापा र कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् ।क्याटेगोरी : समाचारट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप