गृहपृष्ठ ∕ समाचार ∕ खरायोलाई पनि डिप्रेसन, तर कसरी ? खरायोलाई पनि डिप्रेसन, तर कसरी ? दीप संञ्चार मंसीर ८, २०७८ गते ६:३९ मा प्रकाशित काठमाडौँलामो कान, अगाडि ठूला-ठूला दाँत भएको सुन्दर जनावर हो खरायो। आफ्नो चञ्चल प्रवृत्तिका कारण यो सबैलाई प्यारो लाग्छ। खरायो एक स्तनधारी जनावर हो। घाँसे मैदान तथा पानी भएका ठाउँमा मुख्य रुपले यो पाइन्छ। धेरैले यसलाई घरमा पाल्छन्। जानौं खरायोकाबारे केही रोचक तथ्य।विश्वमा घरपालुवा खरायो करिब ३०५ तथा जंगली १३ प्रजातिका पाइन्छन्। घरपालुवा खरायोको आयु ८ देखि १२ वर्षको हुन्छ। खरायोको हातमा मात्रै पसिना आउँछ। यो पनि घोडाजस्तै बान्ता गर्न सक्दैन। यसको देख्ने तथा सुँघ्ने क्षमता धेरै हुन्छ। खरायो दिनमा ८ घन्टा सुत्छ। यो आँखा खोलेरै पनि निदाउन सक्छ।मुसाको जस्तै खरायोको पनि दाँत जीवनभर बढिरहन्छ। दाँतको सन्तुलन कायम गर्न यसले केही न केही चपाइरहन्छ। मानिसजस्तै खरायोले पनि मिठो– मिठो खानेकुरा खोजी-खोजी खान्छ। खरायोले २ माइल टाढाको आवाज पनि राम्रोसँग सुन्न सक्छ।खरायोहरू आफ्नो साथी हरायो, मर्यो भने शोक मनाउँछन्। उदास हुन्छन्। कहिलेकहीँ त यिनीहरू डिप्रेसनमा पनि जान्छन्। यिनीहरूलाई डिप्रेसन भयो भने आफ्नै खुट्टा खानेलगायत आफैंलाई चोट पुर्याउने खालका गतिविधि गर्छन्। खाना खाँदैनन्। पानी पनि पिउँदैनन्। एक्लै टोलाएर बस्छन्। खरायो शाकाहारी हुन्छन्।खरायोको पाचन प्रणाली कमजोर हुन्छ। त्यसैले उसले खाएका पोषक तत्वहरू दिसामार्फत बाहिर निस्कन्छन्। त्यसैले यिनीहरू पोषण तत्व लिन आफ्नै दिसा पनि खान्छन्।जन्मिएको लगभग ६ महिनामै खरायो परिपक्व हुन्छ।खरायोको दौडने गति २५ देखि ४५ माइल प्रतिघन्टासम्म हुन्छ। सामान्यतयाः यसले एकपटकमा ५ देखि ८ वटासम्म बच्चा जन्माउँछ। सन् १९७८ र १९९९ मा एउटा खरायोले २४ वटा बच्चा जन्माएको विश्व रेकर्ड छ।हामीले जस्तो व्यवहार गर्यो त्यस्तै व्यवहार खरायोले पनि हामीसँग गर्छ। युरोपका कतिपय ठाउँमा मानिसहरूले खरायोलाई सौभाग्यको प्रतीक मान्छन्। (विभिन्न एजेन्सीको सहयोगमा)क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप