गृहपृष्ठ ∕ समाचार ∕ आगोसँग बारम्बार नजिस्किन अमेरिकालाई चीनको चेतावनी आगोसँग बारम्बार नजिस्किन अमेरिकालाई चीनको चेतावनी दीप संञ्चार कात्तिक ३०, २०७८ गते १७:४८ मा प्रकाशित काठमाडौँचीनका राष्ट्रपति सी जिनपिङले आगोसँग बारम्बार नजिस्किन अमेरिकालाई चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको पहिलो भिडियो वार्तामा राष्ट्रपति सीले यस्तो चेतावनी दिएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् ।अमेरिकी राष्ट्रपति जो बाइडेनले ताइवानको शान्ति प्रकृयालाई हस्तक्षेप नगर्न चेतावनी दिएपछि चिनियाँ राष्ट्रपतिले अर्को चेतावनी दिएका हुन् । सौहार्दपूर्ण वातावरणमा सुरु भएको बाइडेन–सी भर्चुअल बैठक ताइवान मुद्दामा प्रवेश गरेपछि तनाबमय बनेको थियो ।अमेरिका एक चीन नीतिप्रति प्रतिबद्ध रहेको भन्दै बाइडेनले ताइवानलाई हस्तक्षेप नगर्न राष्ट्रपति सीलाई चेतावनी दिएका थिए । ‘ताइवानको शान्ति र स्थिरतामा खलल पार्ने जुन सुकै गतिविधिको अमेरिकाले खुलेर बिरोध गर्छ,’ अमेरिकी राष्ट्रपति कार्यलयले ह्वाईट हाउसले भनेको छ ।एक चीन नीति चीन–अमेरिका सम्बन्धको आधारशिला रहेको छ । यही नीतिमा अडेर अमेरिकाले चीनसँग कूटनीतिक सम्बन्ध कायम राख्दै आएको छ । चीनले ताइवानलाई आफ्नो अभिन्न अंगको रूपमा हेर्दै आएको छ ।तर, ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र मान्दै आएको छ । यति हुँदा हुँदै पनि अमेरिका ताइवान रिलेसन एक्टप्रति प्रतिबद्ध छ जसअनुसार उसमाथि आक्रमण भएको अवस्थामा अमेरिकाले जुनसुकै बेला ताइवानको रक्षा गर्नेछ । गत साता मात्र बाइडेनले चीनले ताइवानलाई हमला गरेमा अमेरिकाले प्रतिकार गर्ने बताएका थिए ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारस्वदेश फर्किए कतारका राजाभूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ:…वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायोतमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम… धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ८लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी ताजा अपडेट स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ: राष्ट्रपति पौडेल प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायो तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने