गृहपृष्ठ ∕ समाचार ∕ आगोसँग बारम्बार नजिस्किन अमेरिकालाई चीनको चेतावनी आगोसँग बारम्बार नजिस्किन अमेरिकालाई चीनको चेतावनी दीप संञ्चार कात्तिक ३०, २०७८ गते १७:४८ मा प्रकाशित काठमाडौँचीनका राष्ट्रपति सी जिनपिङले आगोसँग बारम्बार नजिस्किन अमेरिकालाई चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको पहिलो भिडियो वार्तामा राष्ट्रपति सीले यस्तो चेतावनी दिएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् ।अमेरिकी राष्ट्रपति जो बाइडेनले ताइवानको शान्ति प्रकृयालाई हस्तक्षेप नगर्न चेतावनी दिएपछि चिनियाँ राष्ट्रपतिले अर्को चेतावनी दिएका हुन् । सौहार्दपूर्ण वातावरणमा सुरु भएको बाइडेन–सी भर्चुअल बैठक ताइवान मुद्दामा प्रवेश गरेपछि तनाबमय बनेको थियो ।अमेरिका एक चीन नीतिप्रति प्रतिबद्ध रहेको भन्दै बाइडेनले ताइवानलाई हस्तक्षेप नगर्न राष्ट्रपति सीलाई चेतावनी दिएका थिए । ‘ताइवानको शान्ति र स्थिरतामा खलल पार्ने जुन सुकै गतिविधिको अमेरिकाले खुलेर बिरोध गर्छ,’ अमेरिकी राष्ट्रपति कार्यलयले ह्वाईट हाउसले भनेको छ ।एक चीन नीति चीन–अमेरिका सम्बन्धको आधारशिला रहेको छ । यही नीतिमा अडेर अमेरिकाले चीनसँग कूटनीतिक सम्बन्ध कायम राख्दै आएको छ । चीनले ताइवानलाई आफ्नो अभिन्न अंगको रूपमा हेर्दै आएको छ ।तर, ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र मान्दै आएको छ । यति हुँदा हुँदै पनि अमेरिका ताइवान रिलेसन एक्टप्रति प्रतिबद्ध छ जसअनुसार उसमाथि आक्रमण भएको अवस्थामा अमेरिकाले जुनसुकै बेला ताइवानको रक्षा गर्नेछ । गत साता मात्र बाइडेनले चीनले ताइवानलाई हमला गरेमा अमेरिकाले प्रतिकार गर्ने बताएका थिए ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल