गृहपृष्ठ ∕ समाचार ∕ सल्यानमा भएको बस दुर्घटनामा मृतकको संख्या १२ पुग्यो, ३ जनालाइ थप उपचारको लागी हेलिकोप्टरबाट कोहलपुर लगियो सल्यानमा भएको बस दुर्घटनामा मृतकको संख्या १२ पुग्यो, ३ जनालाइ थप उपचारको लागी हेलिकोप्टरबाट कोहलपुर लगियो दीप संञ्चार कात्तिक २१, २०७८ गते १५:२४ मा प्रकाशित सल्यान – सल्यानमा आइतबार विहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ । ज्यान गुमाउने मध्ये ९ जनाको शव जिल्ला अस्पताल सल्यानमा राखिएको छ भने ३ जनाको श्रीनगरमा राखिएको छ । ज्यान गुमाउने कसैको पनि परिचय खुलेको छैन । यस्तै घटनामा घाइते भएका मध्ये गम्भिर ३ जनालाई हेलिकोप्टर मार्फत कोहलपुर लगिएको छ ।अन्य केहि घाइतेहरुलाइ पनि थप उपचारको लागी हेलिकोप्टरबाट बाहिर पठाउने तयार भैरहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाइले बताउनुभयो ।सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले आइतबार बिहान भएको ना २ ख २५५२ नम्बरको दुर्घटनामा परेको बस सडकबाट २ सय मिटर तल खसेको बताउनुभयो । बसमा ३६ जना यात्रु रहेको बताइएको छ ।सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुरका लागी छुटेको आउँदै गरेको ;बस बिहान पौने ११ बजेतिर कपुरकोटको खारखोला नजिकै दुर्घटनामा परेको हो।घाइतेहरूको तुलसिपुर, सल्यानको श्रीनगर र जिल्ल अस्पताल सल्यानमा उपचार भैरहेको छ । अस्पतालमा ठाउँ अभावका कारण उपचारमा समस्या भएको छ । घाइते मध्ये शानपा २ की २६ वर्षिय शिजन खान, भरतपुर दाङ की ३ वर्षिय रोजी वली, शानपा २ का ४९ वर्षिय टोपेन्द्र वली, तुलसिपुरकी २१ वर्षिया रूक्मिना घर्ति, तुलसिपुरका २१ वर्षिय भुवन डाँगी, शानपा २ का २६ वर्षिय रविन कुमार खान, हापुरे दाङकी २१ वर्षिय तिला वली, तुलसिपुर वेलवाका २१ वर्षिय विषण डाँगी, फलावाङकी २९ वर्षिया हिरा कुमारी वोहरा र लुहामका २१ वर्षिय पोषण गिरीको परिचय खुलेको छ ।उनिहरूको कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भैरहेको छ । घटनाको थप विवरण आउन वाँकी छ ।क्याटेगोरी : समाचार, समाजट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै