Techie IT
×
गृहपृष्ठसमाचारतिहारमा पनि बत्ती अभाव हुँदैन : प्रबन्ध निर्देशक घिसिङ

तिहारमा पनि बत्ती अभाव हुँदैन : प्रबन्ध निर्देशक घिसिङ


काठमाडौं — नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले तिहारमा बत्तीको अभाव नहुने बताए ।

आज नेपाल विद्युत प्राधिकरणले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक घिसिङले तिहारमा बत्तीको अभाव नहुने बताएका हुन  ।उनले यस वर्षको तिहारमा करिव १५ सय मेगावाट प्रयोग हुनसक्ने प्रक्षेपण गरेको बताए।

प्रबन्ध निर्देशक घिसिङले अहिले कुलेखानीको विद्युत खेर गइरहेको बताउँदै प्रशारणको कारणले तिहारमा कतै पनि विद्युतको अभाव नहुने बताए। उहाँले आम नागरिक तथा उपभोक्तालाई ढुक्कसँग विद्युत चलाउन आग्रह गरे ।

प्रबन्ध निर्देशक घिसिङले भन्नुभयो, ‘यो तिहारमा हामीले १५ सय मोगावाटभन्दा बढी एक्सपोज गरेका छैनौँ, हामीसँग जेनेरेशन अहिलेसम्मको करिव २ हजार प्लस मेगावाटमा हामी जलविद्युत मात्रै उत्पादन जडित क्षमता छ,१५,१६ सय जलविद्युत अप्रेशनमा छौँ, कुलेखानी चलाउनु परेको छैन, कुलेखानी पनि खेर गइरहेको छ, दिउँसो करिव २ सय र राति ५ सय मेगावाट हामी सप्लाइमा छौँ, त्यो भएकाले तिहारको लागि लोड अनुसारको आपूर्ति धेरै बढी छ, कुनै समस्या हुँदैन, बत्ती काट्ने, लोडसेडिङ गर्ने कुनै अवस्था छैन।’

प्रबन्ध निर्देशक घिसिङले समय समयमा बत्ती जाने गरेको समस्यालाई गम्भीरताका साथ लिएको बताउँदै वितरण प्रणालीमा व्यापक सुधार गर्ने बताए।

उहाँले ट्रान्सफर्मरको समस्या धेरै रहेको र अब तत्काल त्यसको समाधान हुने बताए।प्रबन्ध निर्देशक घिसिङले भरपर्दो विद्युत कसरी दिने भन्ने अबको चुनौति रहेको बताउँदै अब देशभर स्मार्ट चार्जिङ स्टेशन राख्ने बताए।


क्याटेगोरी : समाचार
ट्याग : #कुलमान घिसिङ

तपाईको प्रतिक्रिया दिनुहोस