Techie IT
×
गृहपृष्ठग्लोबलनेपालीहरूको लोकप्रिय ब्राण्ड गोल्ड स्टार अब कतारमा पनि (फोटो फिचर सहित)

नेपालीहरूको लोकप्रिय ब्राण्ड गोल्ड स्टार अब कतारमा पनि (फोटो फिचर सहित)


दोहा – नेपालको छुट्टै इतिहास बोकेको निकै लोकप्रिय जुत्ता ब्राण्ड गोल्ड स्टारले कतारमा समेत औपचारीक शुरुवात गरेको छ।

कतार स्थित एसियन टाउनको प्लाजा मलको पसल नम्बर ९९ बाट आफ्नो आधिकारीक विक्री शुरु गरको गोल्ड स्टारले गत सोमबार एक औपचारिक कार्यक्रमका विच उद्घाटन गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि एवं कतारका पूराना नेपाली व्यवसायी तथा नेपाल व्यवसायी संघ कतारका प्रमुख संरक्षक  डा. देव काजी डंगोल तथा विशिष्ठ अतिथि नेपाल व्यवसायी संघका अध्यक्ष महेन्द्र प्रसाद चौलागाईं, विशिष्ठ अथिति तथा एनआरएनए कतारका अध्यक्ष एवं नेपाल व्यवसायी संघका सल्लाहकार मोहम्मद मुक्तादा मुसलमान र विशिष्ठ अतिथि एनआरएनए आइसीसी मानार्थ सदस्य बिमल सुबेदीले संयूक्त रूपमा रिवन काटेर समुद्घाटन गरेका थिए।

समुद्घाटन कार्यक्रमलाई सम्बोधान गर्दै डाक्टर डंगोलले कतारमा नेपाली व्यवसायीहरू थपिदै गएको प्रति खुशी व्यक्त गर्दै भने, “विस्तारै व्यवसायीको संख्या थपिदै छ, यसै क्रममा नेपालको छुटै इतिहास बोकेको यस गोल्ड स्टारलाई समेत कतारमा ल्याउनु भएको प्रति नेपाली व्यवसायी भाईहरू प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु साथै व्यवसायीक सफलताको शुभकामना व्यक्त गर्दछु।”

डाक्टर डंगोल ले थपे, “प्लाजा मल बाट शुरुवात भएको छ, भिलाजु, मल अफ कतार, डिएफ़सि लगायत विभिन्न क्षेत्रमा छिट्टै विस्तार गर्नुहोस भन्ने अपेक्षा लिएको छु, व्यवसायी संघको तर्फबाट हामि हरेक तरिकाले सहजीकरण गर्न तयार छौं। “

कार्यक्रमलाई संक्षिप्त शुभकामना दिदै विशिष्ठ अतिथि तथा नेपाल व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्र चौलागाईले कतारमा व्यवसायीहरूको संख्या र व्यवसायीक प्रकति समेत थपिदै गएकोमा खुशी व्यक्त गरे।  चौलागाइले भने, “नेपाली व्यवसायीहरू म्यानपावर सप्लाईमा मात्र आकर्षित थिए अब विस्तारै होटेल रेस्टुरेन्ट, ट्रेडिङ्ग लगायत हरेक क्षेत्रमा क्रिशील हुने र नेपालीहरूकै लागि सुरक्षित, भरपर्दो रोजगारको सृजना समेत भैरहेको छ।, नेपाली व्यावसायीहरूलाई मर्यादित र एकतावद्ध गर्नको लागि संघले सधैं निर्णायक भूमिका निर्वाह गर्ने छ।”

कार्यक्रमका विशिष्ठ अतिथि तथा एनसीसी कतारका अध्यक्ष एवं नेपाल व्यवसायी संघका सल्लाहकार मोहम्मद मुक्तादा मुसलमानले गोल्ड स्टार परिवारलाई व्यवसायी संघमा छिट्टै आवद्ध भएर अगाडी बढ्न सुझाव दिदै भने, “एनसीसी र संघको तर्फबाट यहाँहरूलाई सधैं साथ, समर्थन र सहकार्य हुनेछ, तपाईहरूले शुरुवात गरेको यो कदम निकै प्रसंशनीय छ।  एकातिर नेपाली उत्पादनलाई विश्व बजारमा भित्राउन सफल हुनु भएको छ भने नेपाली व्यवसायीहरूको संख्या थपिदै छ।  यो हाम्रो लागि गौरवको कुरा हो।”

गैरआवासीय नेपाली संघका मानार्थ परिषद सदस्य तथा विशिष्ठ अतिथि विमल सुवेदीले मजदुरका रूपमा कतार प्रवेश यूवाहरुले व्यवसायीक यात्रा शुरु गरेको प्रति कृतज्ञ हुँदै भने, “मलाई विश्वास छ, नेपाली यूवाहरुले आफूले बुझेको बजार र शिपलाई सदुपयोग गर्दै शुरुवात गरेको यो व्यवसायले पक्कै पनि एतिहासिक सफलता गर्नेछ। साथै अन्य युवालाई समेत व्यवसायमा आकर्षित गर्नेछ।”

नेपालमा सन् १९९० देखि शुरुवात भएको गोल्ड स्टारले पछिल्लो पटक विश्वव्यापी डिजाईन संगै विभिन्न देशहरूमा आफ्नो उत्पादन निर्यात शुरु गरे संगै कतारमा पनि त्यसको आधिकारिक शुरुवात गरेको संचालक मधुसुदन केसी ले जानकारी दिए। केसीले उपस्थित सबै प्रति कृतज्ञता प्रकट गर्दै भने, “मैले यहाँहरूकै सल्लाह, सुझाव र अथाह साथले यो सफलता प्राप्त गरेका छौं, नेपाल बाट अभिमन्यू शर्मा, थमन कुमार भण्डारी लगायतको सहयोगले कतारमा भित्र्याउन सफल भएको हो, अब तपाइहरूको साथले कतारको बजारमा सफलता प्राप्त गर्नेमा विश्वस्त छु।”

तारका पुराना व्यवसायी नरेन्द्र सेन, सुनचाँदी व्यवसायी रमेश केसी, बंगलादेश नागरिक तथा कतारका सफल व्यसायी महामुद लगायतका व्यक्तित्वहरू उपस्थित रहेको समुद्घाटन कार्यक्रमलाई नेपाल व्यवसायी संघका प्रचार प्रसार विभाग उप संयोजक तथा दीप संचार मिडियाका प्रधान सम्पादकले सहजीकरण गरेका थिए भने नविन शाहले उपस्थितसबैलाई धन्यवाद मतव्य राख्दै कार्यक्रम समापन गरेका थिए।

संचालक केसीले नेपाली उत्पादनलाई विदेशमा चिनाउने उदेश्यले कतारमा गोल्ड स्टार ब्रान्डलाई भित्र्याएका हुन्।  गोल्ड स्टारको प्रमुख मोडल ०३२ नेपालमा ठूलो चर्चा पाएको छ। कतारका लागि एक मात्र आधिकारिक बिक्रेता रहेको यस पसलले प्लाजा मल बाट शुरुवात गरे पनि कतारका विभिन्न मलहरूमा बिस्तार गर्ने लक्ष्य लिएको छ।

💐💐


क्याटेगोरी : ग्लोबल, समाचार, समाज
ट्याग : #breaking, #hot, #अर्थबजार



तपाईको प्रतिक्रिया दिनुहोस