Techie IT
×
गृहपृष्ठसमाचारवायुसेवा निगमको अध्यक्षमा अधिकारी नियुक्त

वायुसेवा निगमको अध्यक्षमा अधिकारी नियुक्त


काठमाडौँ –

सरकारले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गरेको छ ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघिका अध्यक्ष सुशील घिमिरेको राजीनामा स्वीकृत गर्दै अधिकारीलाई नियुक्त गरेको हो ।

त्यस्तै, बैठकले नेपाल पुनर्विमा कम्पनीको सञ्चालक समितिको अध्यक्षमा डा. रवीन्द्र घिमिरे र सदस्यमा मदन पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस