Techie IT
×
गृहपृष्ठसमाचारअब यसरी वीर अस्पतालको ल्याब रिपोर्ट घरमै बसेर हेर्न सकिने, अन्यत्र भन्दा आधा शुल्कमा परिक्षण

अब यसरी वीर अस्पतालको ल्याब रिपोर्ट घरमै बसेर हेर्न सकिने, अन्यत्र भन्दा आधा शुल्कमा परिक्षण


काठमाडौँ –

नेपालको सबैभन्दा ठुलो र पुरानो वीर अस्पतालले नयाँ सेवा सुविधा विस्तार गरेको छ। बिरामीले ल्याब रिपोर्ट लिन अस्पताल धाउनुपर्ने दुखबाट अन्त्य भएको छ।

अस्पतालका प्रमुख डा। भुपेन्द्र कुमार बस्नेतका अनुसार ल्याबलाई अपग्रेड गरेर बिरामीको रिपोर्ट इमेल तथा मोबाइलमै पठाउन थालिएको छ।

डा। बस्नेतले भने,’एक हप्ता अगाडीबाट बिरामीको रिपोर्ट इमेल तथा मोबाइलमै पठाउन सुरू गरेका छौं’ त्यसैले गर्दा रिपोर्ट आउनु पर्ने दुखको अन्त्य भएको छ। अरु अस्पतालले भन्दा वीर अस्पतालले धेरै सस्तोमा परिक्षन गरेन गरेको छ। सेवा ग्राहीहरुलाई सकेसम्म सहज तरिकाले सेवासुविधा दिईरहेका छौ। अहिले वीरले नन कोभिडका साथै कोभिड सेवा सञ्चालन गरिरहेको छ।

अस्पताल प्रशासनका अनुसार हाल १ हजार ५ सय हाराहारीमा ओपिडी टिकट बिक्रि हुने गरेको छ। त्यसैगरी, अस्पतालले २४ सै घण्टा पिसिआर परीक्षणको सुविधा संचालन गरेपछि नन् कोभिडका बिरामीलाई सहज हुन थालेको छ।

केही समयदेखि अस्पतालले २४ सै घण्टा पिसिआर परीक्षणको सुविधा सुचारु गरेको थियो। हाल कोरोना संक्रमितलाई भन्दा पनि परीक्षणले नन् कोभिडका बिरामीलाई उपचारमा निकै सहज बनाएको अस्पतालका डा। बस्नेतले बताए।‘कोरोना संक्रमणको सहज परीक्षणले गर्दा अकस्मिक कक्षमा आउने बिरामी, आइसियु तथा शल्यक्रिया गर्नुपर्ने बिरामीलाई निकै फाइदा भएको छ,’ उनले भने। हाल वीरले एक हजारमा पिसिआर परीक्षण गर्दै आएको छ।

तर, अन्य निजी अस्पतालले भने २ हजार ५ सयसम्म लिने गरेका छन्। भदौ १६ गतेबाट सुरु भएको २४ घण्टे पिसिआर परीक्षणमा हालसम्म ६५ हजार ३०६ जनाले परीक्षण गराइसकेका छन्। जसमध्ये १० हजार ९१२ जनमा संक्रमण पुष्टि भएको छ।

‘पिसिआर परीक्षणको रिर्पोट २४ घन्टाभित्र उपलब्ध हुन्छ। अन्य ल्याबको भन्दा सस्तोमा परीक्षण तथा गुणस्तरीय सेवा दिइरहेका छौं,’ डा। बस्नेत दावी गर्छन्। अहिलेको समयमा अवैध रुपमा ल्याब धन्दा बढिरहेको छ अस्पतालले पोस्ट कोभिड ओपिडी तथा पोस्ट कोभिड आइसियु पनि संचालन गरेको छ।

धेरैजसो बिरामीहरु कोरोना संक्रमणपश्चात सास फेर्न गाह्रो हुने, खोकी लागिरहने, थकाई लाग्नेजस्ता लक्षण लिएर अस्पताल आउने गरेका छन्। उनीहरुका लागि ओपिडी सेवा छुट्याइएको डा। बस्नेतले बताए। दैनिक ३०–४० जना बिरामीहरु पोस्ट कोभिड उपचारका लागि ओपिडी सेवा लिने गरेका छन्।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस