गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ तुल्सीपुरको लक्ष्मीवास सहकारी संस्था र USAID को साझेदारीमा वित्तीय साक्षरता कार्यक्रम शुभारम्भ तुल्सीपुरको लक्ष्मीवास सहकारी संस्था र USAID को साझेदारीमा वित्तीय साक्षरता कार्यक्रम शुभारम्भ अंकित रावल कात्तिक ६, २०७८ गते २१:४० मा प्रकाशित दाङ — दाङको तुल्सीपुरमा रहेको लक्ष्मीवास बचत तथा ऋण सहकारी संस्था लि. र USAID को साझेदारीमा वित्तीय साक्षरता कार्यक्रम शुभारम्भ भएको छ। महिलाहरुलाई पैसाको महत्व र त्यसको उपयोगिता बुझाउनका लागि ‘शान्ति र सुरक्षामा महिला’ नामक एक महिने कार्यक्रम शुभारम्भ भएको हो।नेपालमा पैसा नभएर भन्दा पनि पैसाको प्रभावकारी परिचालनको अभावका कारण पनि आम गरिबी हालसम्म पुस्तान्तरण हुँदै आएको भन्दै त्यसको न्यूनीकरणका लागि वित्तीय पहुँच, वित्तीय साक्षरता र वित्तीय समाबेशीकरण आजको प्रमुख आवश्यकता रहेको कुरा तुल्सीपुर उपमहानगरपालिका ७ का वडा अध्यक्ष टोप बहादुर के. सी. ले बताए ।अहिले सम्म पनि महिलाहरु घरको काममा मात्र गर्ने नभइ आफूसङ्ग भएको थोरै पैसालाई अधिकतम प्रयोग गरि आफ्नो दैनिक आर्थिक अवस्था सुधार गर्नका लागि वित्तीय साक्षरता आधारभूत आवश्यकता महसुस गरेकोले यस कार्यक्रमको सुरुवात गरेका छौ र यस कार्यक्रमले सोछे अनुसारको काम उदेश्य हासिल गर्ने कुरामा पनि बिश्वस्त रहेको कुरा उक्त सहकारीको महासचिव सुधा हमालले स्वागत मन्तब्यका क्रममा व्यक्त गरेको थिइन।उक्त सहकारीको वालवचत संयोजक यसोदा वलीले सो कार्यक्रमको उदेश्य, महत्त्व तथा सहकारीको बारेमा बोल्दै कार्यक्रम तुल्सीपुर उपमहानगरपालिकाको वडा नम्बर ७ बाट शुभारम्भ भएपनी तुल्सीपुरका सबै आवश्यक क्षेत्रमा यो कार्यक्रम एक महिना सम्म सञ्चालन गर्ने कुरा व्यक्त गरेको थिइन।तुल्सीपुर उ.म.न.पा -७ का वडा अध्यक्ष श्री टोप बहादुर के.सीको प्रमुख आतिथ्यमा र लक्ष्मीवास बचतऋण सहकारीको का.वा अध्यक्ष कुम्भ कुमारी अधिकारीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन जमुना बुढाथोकीले संचालन गरेको थिइन भने सहजकर्ता द्वय सृजना दहाल अधिकारी र दिनेश शाहले तालिमको बारेमा सहभागी महिला दिदिबहिनीहरूलाई जानकारी दिएका थिए ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #News तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएकैदिन १९५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ११ जनाको मृत्युबँदेलको आक्रमणबाट १५ वर्षीय किशोरको मृत्यु२४ घण्टामा थप १५७० जनामा कोरोना पुष्टि, १३ को मृत्युवैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ३त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ४चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ५गोरखाका सुरेस भट्टले गरे रविन्द्र मिश्र संग सम्बन्ध विच्छेदको घोषणा ६विद्यार्थी र शिक्षकमा कोरोना पुष्टि भएपछि विद्यालय बन्द ७सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण ८ब्राउन सुगरसहित वडा अध्यक्ष पक्राउ ताजा अपडेट एकैदिन १९५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ११ जनाको मृत्यु युक्रेन तनाव : मस्को र वासिङ्टनमा वार्ता, महत्त्वपूर्ण रुसी पाइपलाइन बन्द गराइदिने बाइडनको चेतावनी बँदेलको आक्रमणबाट १५ वर्षीय किशोरको मृत्यु नेपाल–कोरिया हवाई उडान सञ्चालन गर्न माग वामदेव गौतम : एमसीसी फिर्ता लैजाऊ एनआरएनए एचएलसीले भन्दा पहिला प्रतिवेदन कसरी पब्लिक भयो ? वृतान्त र निचोडसहित २४ घण्टामा थप १५७० जनामा कोरोना पुष्टि, १३ को मृत्यु वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय