केन्द्रको हस्तक्षेपले रोकियो एनआरएनए भेला
गैरआवासीय नेपाली संघ ९एनआरएनए० को २४ अक्टोबरमा हुने भनिएको राष्ट्रिय समन्वय परिषद ९एनआरएनए एनसीसी० को अन्तर्राष्ट्रिय भेला रोकिएको छ ।
‘आयोजक : सबै एनसिसी’ भन्दै सार्वजनिक अपिल गर्दै आयोजना हुन लागेको सो भेलामा सहभागी अवैधानिक भन्दै संघका अध्यक्ष कुमार पन्त र महासचिव हेमराज शर्माले पत्राचार गरे पछि उक्त भेला रोकिएको हो ।
एनसिसीका तर्फबाट छुट्टै भेला बोलाएर छालफल गर्न लागेपछि त्यसमा केन्द्रको कुनै संलग्नता नभएको भन्दै एनआरएनए केन्द्रीय अध्यक्ष पन्त र महासचिव शर्माले एनसिसी, केन्द्रका अभियन्तालाई जानकारी गराएका थिए ।
अध्यक्ष पन्तले एनसिसी पदाधिकारीलाई पठाएको इमेलमा भनिएको छ, ‘सामाजिक सन्जालमार्फत मेरो जानकारीमा आए अनुसार २४ अक्टोबरका लागि प्रस्तावित एनसिसीले गर्ने भनिएको भेलामा मेरो नामपनि जोडिएको छ । म यस्तो भेलाको जमघटको हिस्सा होइन । र, त्यस्तो कुनैपनि भेला र जमघटमा सहभागि नहुनपनि म सबैलाई अनुरोध गर्दछु ।’
महासचिव शर्माले अहिलेको समस्या समाधान गर्न अध्यक्ष नै स्वयं रातदिन खटेको र यस्ता खालका समानान्तर गतिविधिले समस्यामा थप जटिलता थप्ने उल्लेख गर्दै भनेका छन्, ‘कोरोना महामारीमा हामीले हप्तै जस्तो एनसिसिहरुसँग बैठक आयोजना गरेका थियौं । आवश्यक पर्यो भने अहिलेको समस्याका सम्बन्धमा पनि एनसिसिको बैठक आइसिसिले आयोजना गर्नेछ ।’
शर्माले अध्यक्षको लचकतालाई कमजोरीको रुपमा लिंदै एनआरएनएलाई असोभनीय हुने खालका गतिविधि हुँदै आएको र थुप्रै गलत नजिर स्थापित भएको उल्लेख गरेका छन । यस्ता खालका गतिविधिलाई समयमा नै रोक्न जरुरी भएकाले अध्यक्षले निर्देशन गरेअनुसार २४ तारिखको भेला आयोजना नगर्न र यस्ता गतिविधिमा भाग नलिन अनुरोध गर्दै भनेका छन्, ‘यस्तो खालको भेलाको वैधानिक व्यवस्था नभएको पनि जानकारी गराउँदछु ।’
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् ९आइसीसी० लाई परराष्ट्र मन्त्रालयले पठाएका पत्र, त्यसपछि उत्पन्न परिस्थिति र संघको महाधिवेशन स्थगन लगायतका विषयमा भेलामा छलफल गरिने आयोजकले उल्लेख गरेका छन् ।
गैरआवासीय नेपाली संघको ८५ देशमा शाखा छन् । ती मध्ये ६५ देशमा महाधिवेशन सम्पन्न भएका छन् । गैरआवासीय नेपाली संघको १०औँ महाधिवेशन नोभेम्बरका लागि तय भएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस